थप समाचारसोमबार, साउन ३, २०७३

सशस्त्रद्वारा हतियारसहित एक पक्राउ

हिमालखबर

सशस्त्र प्रहरीको गस्ती टोलीले सिरहाको गोलबजारबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले गएराति गोलबजारस्थित रामजानकी पेट्रोल पम्प नजिकबाट हतियारसहित गोलबजार नगरपालिका– ४ निवासी रामगणेश बेलदासलाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक सुवर्णबहादुर थापा मगरले जानकारी दिए ।

हतियार बोकेर स.५ प २२३ नम्बरको कालो रङ्गको मोटरसाइकलमा गइरहेको भन्ने गोप्य सूचनाको आधारमा विशेष टोली खटिएको थियो ।

पक्राउ परेका बेलदासको साथबाट एक थान सिक्सर पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली र पञ्जा बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक थापामगरले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...