समाचारसोमबार, साउन ३, २०७३

डा केसीविरुद्ध अनेकौं हतकण्डाः पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानका प्राध्यापकहरु

हिमालखबर

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान प्राध्यापक संघले अनशनरत डा गोविन्द केसीले उठाएका मागहरुप्रति ऐक्यवद्धता प्रकट गर्दै यथाशिघ्र कार्यान्वयनका लागि माग गरेको छ ।

आज एक विज्ञप्ति जारी प्रतिस्ठानका प्राध्यापक डाक्टरहरुले डा केसीको स्वास्थ्य अवस्था जटिल अवस्थामा पुग्दा समेत राज्यका निकायहरु उदासिन देखिएको र स्वास्थ्य क्षेत्रलाई बदनाम गराउनेहरुले डा केसी विरुद्ध अनेकौ हतकण्डा अपनाएको महशुस भएको जनाएको छ ।

डा केसी कुशल चिकित्सक मात्र नभई, निष्ठावान, कर्मशील, इमान्दारीका पर्याय भएको र विगतमा राज्यले गरेका सहमति कार्यान्वयन नगर्दा उनी बारम्बार अनशन वस्न वाध्य भएको भन्दै संघले उनका माग यथाशिघ्र पुरा गर्न आग्रह गरेको छ ।

patan_pressRelease

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>