समाचारसोमबार, साउन ३, २०७३

रेजिडेन्ट डाक्टरहरु ओपीडी नजाने

हिमालखबर

अनशनरत प्राडा गोविन्द केसीका मागहरुबारे सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टरहरुले आजदेखि ओपीडी मा सहभागी नहुने निर्णय गरेका छन् ।

‘रेजिडेन्ट डक्टर्स एसोसिएसन’ ले बहिरङ्ग विभाग (ओपीडी) मा सहभागी नभए पनि इमर्जेन्सी, आइसीयु, अप्रेसन र इन प्यासेन्ट (भर्नाभएका विरामी) मा भने यथावत सहभागी हुने जनाएको छ ।

ओपीडीमामा रेजिडेन्ट डाक्टरहरु (स्नातकोत्तर तह र फेलोसिप गरिरहेका चिकित्सक) सहभागी नहुँदा ओपीडी सञ्चालन हुन नसक्ने अवस्था आउँछ ।

“डा केसीको जीवन रक्षाका लागि वाध्यतापूर्वक चालिएको यस कदमप्रति चिकित्साशास्त्र अध्ययन संस्थानका सम्पूर्ण फ्याकल्टी, चिकित्सक, नर्सिङ स्टाफ, कर्मचारी साथै सम्बन्धित सबैमा सहयोग गरिदिन हुन आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>