Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बजेटसम्बन्धी विधेयक कार्यसूचीमा राख्न प्रमको सभामुखलाई आग्रह - Himalkhabar.com

समाचारमंगलबार, साउन ४, २०७३

बजेटसम्बन्धी विधेयक कार्यसूचीमा राख्न प्रमको सभामुखलाई आग्रह

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख ओनसरी घर्तीलाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटी सरकारविरुद्धको अविश्वास प्रस्तावमा छलफल हुनुपूर्व बजेट आश्रित विधेयकहरुलाई कार्यसूचीमा राख्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले संसदीय परम्परा, अभ्यास र सभामुख पदको मर्यादालाई ध्यान दिई बजेटसम्बन्धी कार्यसूचीलाई प्राथमिकतामा राख्न आग्रह गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

२९ असारमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस सहितका दलले संसद्‌मा अविश्वासको प्रस्ताव दर्ता गराएपछि व्यवस्थापिका–संसद्को बैठक बस्न सकेको छैन ।
सो दिन आर्थिक विधेयक, २०७३, राष्ट्र ऋण उठाउने विधेयक,२०७३ र ऋण तथा जमानत (२१औँ संशोधन) विधेयक,२०७३ मा छलफल गर्ने कार्यसूची थियो ।

सभामुखले अविश्वासको प्रस्तावमा ६ साउनदेखि छलफल हुने जानकारी गराएपछि सत्तापक्ष र विपक्षीबीच कुन प्रस्तावलाई प्राथमिकतामा राख्ने भन्ने विषयमा मतभेद हुँदै आएको छ ।

प्रधानमन्त्रीसँगको भेटमा सभामुख घर्तीले आफूले सो विषयमा विभिन्न दल र सम्बन्ध पक्षसँग परामर्श गरिरहेको र सकेसम्म सहमतिका आधारमा अघि बढ्ने वताएकी थिइन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>