थप समाचारमंगलबार, साउन ४, २०७३

नमूना संसदमा अख्तियार प्रमुख कार्कीलाई ‘महाभियोग’

हिमालखबर

parliamentराजधानीका कानून पढाई हुने क्याम्पसका विद्यार्थी सहभागी ‘नमूना संसद’मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथि ‘महाभियोग’ बारे छलफल भएको छ ।

अनशनरत डा गोविन्द केसीको समर्थनमा स्वतन्त्र युवा अभियानद्वारा नेपाल ल क्याम्पसमा आयोजना गरिएको नमूना संसदमा विभिन्न चारवटा क्याम्पसमा कानून विषय अध्ययनरत २०० जना विद्यार्थी सांसदको भूमिकामा थिए ।

छलफलको प्रारम्भमा लोकमानसिंह कार्कीलाई महाभियोगको माग गर्दै २५ प्रतिशत ‘सांसद’ ले हस्ताक्षरसहित दर्ता गराएको प्रस्ताव ‘सभामुख’ लाई बुझाइएको थियो ।

त्यसपछि प्रस्तावको समर्थनमा रहेका ‘सांसदहरु’ ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखले काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गरेको, डा गोविन्द केसीलाई ‘मानसिक रोगी’ भनेको जस्ता आरोप लगाएका थिए ।

त्यसैगरी अख्तियार प्रमुखले दबाब दिई उनका आफन्तको किस्ट मेडिकल कलेज र विराट मेडिकल कलेजलाई कानून विपरित बढी सिट उपलब्ध गराएको जस्ता विषय उठाए भने केही ‘सांसदहरु’ले राजनीतिक अस्थिरता बढेको, र लोकतन्त्र नै मासिने भन्दै कार्कीमाथि लागेका अभियोग बारे छानबिन गर्न संसदीय समिति गठनको माग गरे ।

lkmaanअन्त्यमा ‘संसद’ले अभियोगबारे छानबीन गर्न ११ सदस्यीय छानबीन समिति गठन गरेको छ । उक्त समितिले शुक्रबार ३ बजेभित्र आफ्नो प्रतिवेदन बुझाउने छ ।

कार्यक्रमको निर्देशन वसन्त जोशीले गरेका थिए भने नेपाल ल क्याम्पसका ओजस्वी भट्टराई सभामुखको भूमिकामा थिए ।

नमूना संसदमा ल क्याम्पस, नेपाल ल क्याम्पस, चक्रवर्ती ल कलेज र नेशनल ल कलेजका विद्यार्थीहरु सहभागी थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>