समाचारमंगलबार, साउन ४, २०७३

अविश्वासको प्रस्ताव सामना गर्ने एमाले स्थायी कमिटीको निर्णय

हिमालखबर

तस्वीर: आनन्दराम डंगोल

तस्वीर: आनन्दराम डंगोल

एमाले स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नगरी संसदमा अविश्वासको प्रस्तावको सामना गर्ने निर्णय गरेको छ ।

आज, ४ असारमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सरकारका विरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको अविश्वासको प्रस्तावलाई संसदीय परम्परा तथा संवैधानिक प्रावधानका आधारमा सामना गर्ने र त्यसबाट आउने परिणामलाई पनि सहज रुपमा स्वीकार गर्ने स्पष्ट पारेको हो ।

त्यस्तै बैठकले सरकारले अघि सारेको निर्वाचन कार्यतालिकाकोे कार्यान्वयन, नीति तथा कार्यक्रम र बजेटको निरन्तरता, संविधानको कार्यान्वयन आदिका लागि राष्ट्रिय सहमति हुनुपर्ने निष्कर्ष निकालेको छ ।

त्यसैगरी व्यवस्थापिका संसदको कार्यसूचि समेत सहमतिकासाथ अघि बढाउन र संसदलाई राजनीतिक ध्रुविकरणको थलो नबनाउन बैठकले अन्य राजनीतिक दलहरुलाई भनेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>