Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नयाँ प्रधानमन्त्रीको निर्वाचन धारा २९८ अनुसारः काँग्रेस - Himalkhabar.com

थप समाचारमंगलबार, साउन ४, २०७३

नयाँ प्रधानमन्त्रीको निर्वाचन धारा २९८ अनुसारः काँग्रेस

हिमालखबर

Nepali congress

नेपाली काँग्रेसले संसदमा अविश्वासको प्रस्ताव पारित भएपछि नयाँ प्रधानमन्त्रीको निर्वाचन संविधानको धारा २९८ र व्यवस्थापिका–संसद् नियमावली २०७३ को नियम ४९ बमोजिम सम्पन्न हुने स्पष्ट पारेको छ ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा ४ साउनमा बसेको केन्द्रीय समितिको बैठकले नयाँ सरकार गठनमा चुनौती छ भन्ने अफवाहका बारेमा संसदीय प्रणालीमा त्यस्तो कुनै संवैधानिक जटिलता नरहेको निष्कर्ष बैठकले निकालेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले भने, “नेपालको संविधान र संसद्को नियमावली, २०७३ मा सरकारले बहुमत गुमाइसकेपछि नयाँ सरकार गठनको स्पष्ट व्यवस्था रहेको छ । यसमा कसलाई द्धिविधा हुनुहुँदैन ।”

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध १३ दलका तर्फबाट अविश्वासको प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता भइसकेको अवस्थामा थरिथरिका निर्णय, नियुक्ति र बर्खास्ती गर्न थालेको विषयप्रति गम्भीर असहमति व्यक्त गरेको छ ।

बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) लेसमेत सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको अवस्थामा राजनीतिक नियुक्ति र बर्खास्ती, सहुलियत लगायतका काम तत्काल बन्द गर्न ध्यानाकर्षण गराए ।

बैठकमा नयाँ गठबन्धनका बारेमा केन्द्रीय समितिले धारणा बनाई त्यसलाई पार्टीको स्थानीय तह र जनस्तरमा लैजाने बारेमा छलफल हुनाका साथै सरकार परिवर्तनका स्वाभाविक प्रक्रियाले राष्ट्रिय राजनीतिमा ठूलो तिक्तता नहोस् भन्नेतर्फ पार्टी सचेत हुनुपर्ने विषयमा छलफल भएको थियो ।

बैठकमा यसअघि नयाँ सरकार गठनका लागि नेकपा माओवादी केन्द्रसँग भएको सहमतिलाई प्रभावकारी ढङ्गले परिचालन गर्ने, संविधान कार्यान्वयन र भूकम्पपछिको पुनःनिर्माणका लागि एमाले लगायत सबै दलसँग सद्भावपूर्ण तवरले संवादको संयोजन र नेतृत्व गर्नुपर्ने विषयमा केन्द्रित भएर छलफल भएको मुख्य सचिव पौडेलले जानकारी दिए ।

बैठकले शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीका  मागबारे कांग्रेसको नेतृत्वको सरकारले विगतमा गरेका प्रतिबद्धताअनुरुप समाधान गरी अविलम्ब अनसन अन्त्य गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकले केही दिनदेखि मुलुकका विभिन्न भागमा परेको अविरल वर्षाका कारण गएको बाढी र पहिरोबाट ठूलो जनधनको क्षति तथा सयौँ व्यक्ति घरवारविहीन हुनुपरेको उल्लेख गर्दै पीडित परिवारलाई तत्काल उद्धार, राहत र सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

शोक प्रस्ताव

यसैबीच बैठकले नेपाली कांग्रेस पर्वतका पूर्व महाधिवेशन प्रतिनिधि एवम् नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय सदस्य डिलप्रसाद न्यौपानेको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले न्यौपानेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट समेत गरेको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>