Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपालद्वारा एमसीसी ४१ रनले पराजित - Himalkhabar.com

खेलकुदमंगलबार, साउन ४, २०७३

नेपालद्वारा एमसीसी ४१ रनले पराजित

हिमालखबर

बेलायतको लर्ड्स क्रिकेट मैदान भएको खेलमा नेपालले बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)लाई ४१ रनले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर एमसीसीलाई २१८ रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको एमसीसीले १७६ रन बनाएर ४७।२ ओभरमा अलआउट भयो ।

एमसिसीका तर्फबाट एडेरले शतक बनाए पनि अन्य खेलाडीहरुले उल्लेख्य रन बनाउन सकेनन् ।

नेपालका लागि सागर पुनले १० ओभरमा ३५ रन दिएर ३ विकेट लिए। वसन्त रेग्मीले तीन र सोमपाल कामीले दुई विकेट लिए।

नेपालको लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाए।

कप्तान पारस खड्काले ३०, शरद भेषवाकरले २७, सागर पुनले २६, राजु रिजालले २४ र सोमपाल कामीले २० रन बनाए। बसन्त रेग्मी २४ रनमा नटआउट रहे।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>