थप समाचारबुधबार, साउन ५, २०७३

कांग्रेस महामन्त्री कोइराला घर फर्किए

हिमालखबर

कांग्रेस महामन्त्री शशांक कोइराला १५ दिनको अस्पताल बसाईपछि घर फर्किएका छन् ।

पेट र श्वासप्रश्वासको समस्याले काठमाडौंको ओम अस्पतालमा भर्ना भएका कोइरालाको अस्पतालमै रहेका बेला एक्कासी स्वास्थ्यस्थिति गम्भीर बनेको थियो ।

उनलाई एस्पिरेसन निमोनिया भएको र अहिले उनको अवस्था ठिक भइसकेको अस्पतालले जनाएको छ । कोइरालाको स्वास्थ्य जाँचका लागि दिल्लीको अल इण्डिया मेडिकल इन्स्टिच्यूटका चिकित्सकहरु समेत आएका थिए ।

कोइराला घर गए पनि दुई सातासम्म आराम गर्नुपर्ने चिकित्सकले बताएका छन् ।

कोइराला डिस्चार्ज हुने बेला स्वागतका लागि उपस्थित उनका कार्यकर्ताहरुलाई हात हल्लाउँदै उनी गाडीमा बसे र टोखास्थित घरतर्फ लागे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>