समाचारबुधबार, साउन ५, २०७३
भोलि वानेश्वरमा मौन प्रदर्शन गरिने
सोलिडारिटी फर डा गोविन्द केसी अलायन्सको आयोजनामा भोलि ६ साउन विहान १० बजे वानेश्वरमा मौन प्रदर्शन हुने भएको छ ।
जनपक्षीय मुद्दामा सांसदहरुले देखाएको मौनता र लाचारीको विरोधमा प्रदर्शन गर्न लागिएको अलायन्सले जनाएको छ ।
प्रदर्शनमा ६०१ जना अभियन्ता सांसदका रुपमा प्रस्तुत हुनेछन् ।
अलायन्सले सबैलाई उक्त प्रदर्शनीमा सहभागी हुनका लागि अनुरोध गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
