समाचारबुधबार, साउन ५, २०७३
राष्ट्रपति भण्डारीसँग सभामुख घर्तीको भेट
राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद्को गतिविधिका बारेमा सभामुख ओनसरी घर्तीले जानकारी गराएकी छन् ।
राष्ट्रपति निवास शीतल निवास आज राष्ट्रपति भण्डारीलाई भेटेर संसद्को गतिविधिका बारेमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उत्पन्न परिस्थितिबारे जानकारी गराएकी हुन् ।
नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेससित मिलेर २९ असारमा वस्थापिका–संसद्मा सरकारका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि दलहरुबीच बढेको अविश्वासले संसदको नियमित कामकारवाहीमा समेत असर पर्न थालेपछि घर्तीले राजनीतिक भेटघाटलाई तीव्रता दिएकी छन् ।
राष्ट्रपति भण्डारी र सभामुख घर्तीका बीचमा करिब एक घन्टाभन्दा बढी भेटघाट भएको थियो । भेटपछि सञ्चारकर्मीसित संक्षिप्त कुराकानी गर्दै सभामुख घर्तीले संसद्को गतिविधिका बारेमा आफूले राष्ट्रपतिलाई जानकारी गराएको जानकारी दिइन् ।
“मैले सम्मानीय राष्ट्रपतिलाई संसद्को गतिविधिका बारेमा जानकारी गराई, दलका बीचमा सहमति कायम गराउन गरिरहेको प्रयासका बारेमा पनि ब्रिफिङ गरे ।” उनले भनिन् ।
उक्त अवसरमा राष्ट्रपति भण्डारीले दलहरु बीच संविधान कार्यान्वयनका लागि एकता, सहमति आवश्यक रहेको बताएको सभामुख घर्तीले सञ्चारकर्मीलाई जानकारी दिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
