समाचारबुधबार, साउन ५, २०७३

डा केसीले सभामुख घर्तीलाई सोधे ‘तपाइँको गाउँका जनता कहाँ उपचार गराउँछन् ?’

हिमालखबर

तस्वीर: रासस

तस्वीर: रासस

अनशनरत प्राडा गोविन्द केसीलाई भेटन गएकी सभामुख ओनसरी घर्तीलाई चिकित्सा शिक्षामा सुधार गरेमात्रै नेपाली जनताले सर्वसुलभ स्वास्थ्य सेवा पाउन सक्ने भन्दै त्यसका लागि पहल गर्न आग्रह गरेका छन् ।

सभामुख घर्ती आज दिउँसो चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा गोविन्द केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गएकी थिइन् । उनले डा केसीलाई स्वास्थ्यको ख्याल राख्न आग्रह गर्दै केसीका माग पूरा गर्न पहल गर्ने आश्वासन दिएकी छन् ।

डा केसीले सभामुख ओनसरी घर्तीलाई “तपाईंको घर कहाँ हो ? त्यहाँका जनता उपचार गर्न कहाँ आउँछन् ? ” भन्ने प्रश्न गर्दै चिकित्सा शिक्षा सुधार गरे मात्र सबै नेपाली गुणस्तरीय स्वास्थ्य सेवा पाउने बताए ।

उनले भने “त्यस क्षेत्रका जनताले गुणस्तरीय उपचार सेवा पाउन भनेर आफूले दाङमा मेडिकल कलेज खोल्न सरकारलाई पटकपटक आग्रह गर्दासमेत बजेट विनियोजन भएन । सबैलाई उपत्यका भन्दा बाहिर जानै मन छैन ।”

सभामुखसँगको भेटमा डा केसीले शिक्षालाई सेवाको भावमा नभई ब्यापारका रुपमा विकास गरिएकाले त्यसको विरोधमा अनशन बस्नुपरेको स्पष्ट पारे ।

सभामुख घर्तीले डा केसीका मागका विषयमा दलहरुसँग छलफल गर्ने आश्वासन दिएकी छन् । सभामुख भेटका लागि शिक्षण अस्पताल पुग्दा अस्पतालका चिकित्सकशास्त्रका विद्यार्थीले डा केसीले उठाएका माग पूरा गर्नुपर्ने भन्दै नारा लगाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>