समाचारबुधबार, साउन ५, २०७३

कांग्रेस र माओवादी केन्द्रबीच छलफल शुरु

हिमालखबर

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेतृत्वबीच व्यवस्थापिका–संसद्‌मा प्रस्तुत अविश्वासको प्रस्तावका विषयमा छलफल शुरु भएको छ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भइरहेको बैठकमा वर्तमान सरकारविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव पारित गर्ने साझा रणनीतिका विषयमा छलफल हुन लागेको हो ।

छलफलमा कांग्रेस सभापति एवम् प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता विमलेन्द्र निधि तथा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल र नेता कृष्णबहादुर महरा छन् ।

माओवादी केन्द्रले कांग्रेससँग मिलेर असार २९ गते अविश्वासको प्रस्ताव सदनमा दर्ता गरेको थियो । सो प्रस्तावमाथि भोलि सदनमा छलफल हुने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>