समाचारबुधबार, साउन ५, २०७३
डा केसीसँग वार्ताका लागि सरकारद्वारा समिति गठन
सरकारले अनशनरत डा गोविन्द केसीसँग वार्ताका लागि समिति गठन गरेको छ ।
मन्त्रिपरिषदको आज, ५ साउन साँझ बसेको बैठकले शिक्षा, स्वास्थ्य र मन्त्रिपरिषद सचिवालयका सचिव सम्मिलित समिति गठन गरेको हो ।
चिकित्सा क्षेत्रको समग्र सुधारको माग सहित आठौंपटक आमरण अनशनमा रहेका केसी यसपटक अनशन बसेको आज ११ औं दिन हो ।
सरकारले केसीसँग सात पटक चिकित्सा क्षेत्रका वेथिती रोक्न सहमति गरे पनि कार्यान्वयन नगर्दा उनी बारम्बार उस्तै माग राखेर अनशन परेको हो ।
डा. केसीका मागप्रति समर्थन जनाउँदै काठमाडौं लगायत देशका विभिन्न भागमा दैनिक जसो प्रदर्शन हुन थालेका छन् । भोलि विहान १०ः३० नयाँ बानेश्वरमा पनि मौन प्रदर्शनको आयोजना गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
