समाचारबिहीबार, साउन ६, २०७३
सभामुख घर्ती र शीर्ष नेताहरुबीच छलफल जारी
सभामुख ओनसरी घर्तीले सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा बोलाएको प्रमुख तीन दलको बैठक जारी छ । दुवै पक्षले आ-आफ्ना अडान नछोड्दा कुनै निकास निष्कन सकेको छैन ।
केपी ओली नेतृत्वको सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावको विषयमा छलफल भइरहेको र सभामुख घर्तीले सहमतिमै आजको व्यवस्थापिका संसदको कार्यसूची तय गर्न दलहरुलाई मनाउने प्रयासमा छन् ।
तीन दलबीच सहमति नभए आजको संसदको कार्यसूचीमा अविश्वास प्रस्ताव रहनेछ ।
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छलफलमा छन्।
संसदको कार्यसूचीमा अविश्वासको प्रस्ताव पहिले की बजेटसँग सम्बन्धित बिधेयक पहिले राख्ने भन्ने बिषयमा दलहरुबीच विवाद छ ।
प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका कांग्रेस र माओवादीले अविश्वासको प्रस्तावलाई संसदको पहिलो कार्यसूचिमा राख्नुपर्ने अडानमा छन् भने सत्तारुढ एमालेले बजेटसँग सम्बन्धित विधेयकमा पहिले छलफल हुनुपर्ने अडानमा छ ।
दुवै पक्षले आफूले भनेको विषय संसदको कार्यसूचीको पहिलो प्राथमिकतामा नपरे संसद बैठकमा अवरोध गर्ने रणनीति समेत बनाएपछि सभामुखले सहमतिको प्रयास गरेकी हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
