समाचारबिहीबार, साउन ६, २०७३

संसद बैठक २ बजेसम्मका लागि स्थगित

हिमालखबर

आज ११ बजेका लागि बोलाइएको व्यवस्थापिका संसदको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ ।

सत्तारुढ दल र प्रतिपक्षी दलहरुबीच रहेको संसदको कार्यसूचीमा अविश्वास प्रस्ताव पहिले कि बजेट सम्बन्धी विधेयक पहिले भन्ने विवाद समाधान नहुँदा बैठक दुई बजेसम्मका लागि सारिएको हो ।

सभामुख ओनसरी घर्ती दलका शीर्ष नेताहरुसँग छलफल गरी विवाद समाधानको प्रयासमा छन् ।

यसैबीच सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भइरहेको तीन दलका शीर्ष नेताहरुको बैठक समेत १ बजेसम्मका लागि स्थगित भएको छ ।

उनीहरुले दलभित्रै छलफल गर्नुपर्ने भन्दै १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>