समाचारबिहीबार, साउन ६, २०७३
सरकारी वार्ता टोली र डा केसीका प्रतिनिधिबीच ३ बजे वार्ता
अनशनरत डा गोविन्द केसीका प्रतिनिधि र सरकारले गठन गरेको टोलीबीच आज दिउँसो ३ बजे वार्ता हुने भएको छ ।
दिउँसो तीन बजे स्वास्थ्य मन्त्रालयमा वार्ता हुने डा केसीका प्रतिनिधिले जानकारी दिएका छन् । डा केसीका तर्फबाट डा रञ्जन सापकोटाको संयोजकत्वमा डा अञ्जनीकुमार झा, डा जीवन क्षेत्री, डा लिजन महर्जन, डा सुमन आचार्य र डा दिनबन्धु रेग्मी छन् ।
यसैबीच सरकारी वार्ता टोलीले दिउँसो करिब १ः३० बजे शिक्षण अस्पताल महाराजगञ्ज पुगी अनशनरत डा केसीसँग भेट गरेको छ ।
सरकारले हिजो साँझ मात्रै स्वास्थ्य, शिक्षा र मन्त्रिपरिषद सचिवालयका सचिव रहेको वार्ता टोली गठन गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
