समाचारबिहीबार, साउन ६, २०७३

शीर्ष नेताबीच वार्ता जारी, संसद बैठक बस्न सकेन

हिमालखबर

आज दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको संसद बैठक अझै बस्न सकेको छैन ।

व्यवस्थापिका संसदको कार्यसूची बारे दलहरुबीचको विवाद समाधान नहुँदा बैठक बस्न नसकेको हो ।

आज ११ बजे बोलाइएको बैठक नेताहरुबीच कुरा नमिल्दा २ बजेसम्मका लागि स्थगित गरिएपनि बैठक अझै बस्न नसकेको हो ।

विहान सभामुखको कार्यकक्षमा एक चरण छलफल गरेका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच अहिले फेरि संसदभवनस्थित सभामुखको कार्यकक्षमा छलफल गरिरहेका छन् ।

प्रतिपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रले संसदमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले अरु विषयमा छलफल हुनुअघि अविश्वासको प्रस्तावमाथि छलफल हुनुपर्ने अडानमा छन् भने सत्तारुढ एमाले पहिले नै संसदको कार्यसूचीमा चढिसेकेका बजेट सम्बन्धी विधेयकमा छलफल हुनु पर्ने अडानमा छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>