समाचारबिहीबार, साउन ६, २०७३

डा केसीका मागबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

हिमालखबर

अनशनतर प्राडा गोविन्द केसीका मागबारे छलफल गर्न माग गर्दै व्यवस्थापिका संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

सांसद गगन थापाको प्रस्तावमा श्याम श्रेष्ठ प्रस्तावक र धनराज गुरुङ समर्थक छन् ।

उक्त प्रस्तावलाई सभामुखले संसदको कार्यसूचीमा राखेपछि मात्रै त्यसबारे छलफल हुनेछ ।

व्यवस्थापिका संसदको कार्यसूचीमा अविश्वासको प्रस्तावलाई प्राथमिकता दिने वा बजेटसम्बन्धी विधेयकलाई प्राथमिकता दिने भन्ने विषयमै दलहरुबीच विवाद भइरहँदा आज बस्ने भनिएको संसद बैठक बस्न सकेको छैन ।

 

 

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>