समाचारबिहीबार, साउन ६, २०७३
संसद बैठक भोलि २ बजेसम्मलाई स्थगित, प्याकेजमा सहमति गर्ने पौडेलको प्रस्ताव
व्यवस्थापिका संसदको बैठक भोलि, ७ असार २ बजे बस्ने गरी स्थगित भएको छ ।
संसदको कार्यसूचीमा बजेटसम्बन्धी विधेयक कि अविश्वास प्रस्तावलाई पहिलो प्राथमिकता दिने भन्ने दलहरुबीचको विवाद कायमै रहँदा बैठक स्थगित गरिएको हो ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले दलहरुबीच प्याकेजमै सहमति खोज्ने प्रयास भइरहेको र भोलि फेरि छलफल गरी सहमतिमा पुगिने बताएका छन् ।
बजेटसम्बन्धी विधेयक पारित गर्ने, प्रधानमन्त्रीले राजीनामा दिने, विपक्षी दलले अविश्वासको प्रस्ताव फिर्ता लिने विषयका साथै नयाँ प्रधानमन्त्रीको निर्वाचनका लागि सहमतिको वातावरण बनाउने र संविधान कार्यान्वयनका लागि सबै दल एक हुनुपर्ने विषयलाई प्याकेजमै सहमति गर्न आफूले प्रस्ताव गरेको पौडेलले बताए ।
आफ्नो प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘तपाईँहरु अविश्वासको प्रस्ताव फिर्ता लिनुहोस, राजीनामा गर्नेबारे म पार्टीमा छलफल गर्छु’ भनेको पनि उनले बताए ।
माओवादी नेता कृष्णबहादुर महराले पौडेलको प्रस्तावमाथि भोलि पुनस् छलफल गरिने जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
