खेलकुदबिहीबार, साउन ६, २०७३

नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)

हिमालखबर

Sports Award (1)

फुटबलका नवयुग श्रेष्ठ र जुडोकी फुपूल्हामु खत्री २०७२ का उत्कृष्ट पुरुष र महिला खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा ६ साउनमा आयोजित ‘स्पोर्ट्स अवार्ड’मा उनीहरु उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

त्यस्तै ‘पिपुल्स च्वाइस अवार्ड’ टेबलटेनिसकी नविता श्रेष्ठले जितिन् । यी तीनै विधाका विजेताले एक÷एक वटा पल्सर मोटरसाइकल हात पारे ।

त्यसैगरी वर्षको उत्कृष्ट युवा खेलाडीको पुरस्कार फुटबलका अञ्जन विष्ट घोषित भइन् । उत्कृष्ट प्रशिक्षकको पुरस्कार पनि फुटबलकै बालगोपाल महर्जनले प्राप्त गरे ।
Sports Award (2)

साथै पारा एथलिटको पुरस्कार तेक्वान्दोकी सीता भण्डारीले प्राप्त गरिन् । त्यस्तै ‘स्पेसल अवार्ड’बाट अखिल नेपाल फुटबल सङ्घका पूर्व कावा अध्यक्ष स्व. ललितकृष्ण श्रेष्ठलाई पुरस्कृत गरियो ।

त्यसैगरी लाइफ टाइम अचिभमेन्ट अवार्डबाट फुटबलका पूर्व राष्ट्रिय खेलाडी तथा फिफा रेफ्री श्रीराम रञ्जितकार पुरस्कृत भए । यी पाँचै विधाका विजेताले जनही रु. ५० हजार प्राप्त गरे ।
Sports Award (3)

वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी, प्रशिक्षक र ‘पिपुल्स च्वाइस’ विधा प्रत्येकमा पाँच पाँच जना मनोनयनमा परेका थिए । अन्य विधाका विजेता कार्यक्रममै घोषणा गरिएको थियो । तेह्रौंँ संस्करणको यस सम्मानमा आठ विधा समावेश गरिएको थियो ।

राष्ट्रिय फुटबल टोलीलाई भने ‘टिम अफ द इयर’बाट सम्मान गरिएको थियो ।रासस
Sports Award (4)
Sports Award (5)
Sports Award (6)
तस्वीरहरूः रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>