समाचारशुक्रबार, साउन ७, २०७३
वीरगञ्ज: डा केसीको समर्थनमा प्रदर्शन
स्वास्थ्य शिक्षामा देखिएका विभिन्न विकृतिहरु सुधारको माग गर्दै शिक्षण अस्पताल महाराजगञ्जमा अनशनरत डा गोबिन्द केसीको समर्थनमा वीरगञ्जमा प्रदर्शन गरिएको छ ।
वीरगञ्जका ज्ञान ज्योति साइन्स कलेजका छात्र–छात्राहरुले ६ साउनमा वीरगञ्जको घण्टाघरमा अनशनरत डाक्टर केसीको समर्थनमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले अनशनको समर्थनमा विभिन्न नारा लेखेका प्लेकार्ड बोक्नुको साथै नारा समेत लगाएका थिए ।
डाक्टर केसीसँग विगतमा भएका सहमतिहरु सरकारले पूरा नगरेको र पछिल्लो पटक उनी अनशन बसेको १२ दिन पुगिसक्दा पनि सरकारले चासो नदेखाएकोले उनका माग पूरा गराउन दबाबस्वरुप ¥याली निकालिएको कलेजकी शिक्षिका मोनिका सिंहले बताईन् ।
डाक्टर केसीको अनशन उनको आफ्नो नभएर विद्यार्थीहरुको भविष्यका लागि भएकोले ¥यालीमा सहभागी भएको विद्यार्थीहरुले प्रतिक्रिया दिए ।
सुरेश बिडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
