समाचारशुक्रबार, साउन ७, २०७३

सुशासन समितिले अख्तियार प्रमुख कार्कीलगायत सबै पदाधिकारीलाई बोलायो

हिमालखबर

व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की लगायत सबै पदाधिकारीलाई आइतबार छलफलका लागि बोलाएको छ ।

समितिको आज, ७ असारमा बसेको बैठकले उक्त निर्णय गरेको हो । काठमाडौं विश्वविद्यालयको चिकित्साशास्त्रतर्फ स्नातकोत्तर तहको प्रवेश परीक्षामा अख्तियारले हस्तक्षेप गरेको विषयमा छलफल गर्न बसेको बैठकमा सांसदहरुले अख्तियार पदाधिकारीलाई पनि बोलाउन माग गरेपछि यस्तो निर्णय भएको हो ।

समितिले आजको बैठकमा काठमाडौं विश्वविद्यालयका पदाधिकारीसँग अख्तियारको हस्तक्षेपबारे छलफल गरेको थियो ।

बैठकलाई काठमाडौं विश्वविद्यालयका शिक्षाध्यक्ष भोला थापाले अख्तियारले विश्वविद्यालयमा हस्तक्षेप गरेको बताएका थिए ।

सुशासन समितिका सदस्य सदभावना पार्टीका सांसद नरसिंह चौधरीले काठमाडौं विश्वविद्यालयमा अख्तियारको हस्तक्षेप भएको बुझिए पनि केयूका रजिष्टार र डिनले समितिलाई दिएको जवाफ अस्पष्ट रहेकाले अख्तियारसँग पनि छलफल गरी दुबै पक्षबाट लिखित जवाफ मागिने बताए । उनले केयू पदाधिकारीले हस्तक्षेप भएको स्वीकारे पनि अस्पष्ट र गोलमटोल जवाफ दिएकाले उपकुलपतिसँग पनि यसबारेमा बुझिने बताए ।

“अख्तियारको हस्तक्षेप मात्रै हो वा निहित उद्देश्यका लागि दुवै पक्षको मिलोमतो हो त्यो पनि बुझ्नु पर्नेछ,” उनले भने, “आइतबारको बैठकमा अख्तियारसँग छलफल गरेपछि छानबीन समिति पनि गठन गर्न सकिन्छ ।”

बैठकमा सांसदहरु  एमाओवादीका  अमनलाल मोदी, जनकराज जोशी, अनिता परियार, सद्भावना पार्टीका नरसिंह चौधरी, तराई मधेस लोकतान्त्रिक पार्टीका अकवाल मोहम्मद साह, नेपाली कांग्रेसका सांसदहरु महेश आचार्य, एनपी साउद, अर्जुननरसिंह केसी, ध्रुव वाग्ले, एमालेका अमर थापा, सुशीला नेपाल, हर्कबोल राई, लगायत अधिकांश सांसदले अख्तियारलाई बोलाउन माग गरेका थिए।
कपिल भट्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>