समाचारशुक्रबार, साउन ७, २०७३
परासी बजार डुवानमा

तस्वीर सौजन्य: विनोद खनाल
एक सातादेखि लगातार वर्षाका कारण नवलपरासीको सदरमुकाम परासी डुवानमा परेको छ ।
सदरमुकाम पूर्वतर्फको झराही खोलामा आएको बाढी धार परिवर्तन गरी परासीमा बाढी पसेको छ ।
झराही खोलाको बाढी रामग्राम–२ को मस्जिद नजिकैबाट नगरक्षेत्रमा पसेको छ । बुद्धचोकमा तीन फिट भन्दा बढी पानी छ ।
बाढीको पानी परासीका घर पसलहरुमा पसेको छ । मानिसहरु आवातजावत गर्न सकेका छैन ।
राति ३ बजे देखि खोला बजारमा पसेपछि स्थानीय त्रसित छन् । घरभित्र पानी पसेपछि कति परिवार झरी लागेकै बेला छतमा बसेका छन् ।
स्थानीय खहरे खोलाहरुमा आएको बाढीले नजिकका बस्ती र खेती योग्य जमिन कटान थालेको छ भने नारायणी नदीको बाढीले गण्डकबाँधको स्पर फुट्ने खतरा छ ।
नारायणीको बाढी जोखिमपूर्ण अवस्थामा नभए पनि सतर्कताका लागि स्थानीय प्रशासनले सबैलाई चनाखोे हुन अनुरोध गरेको छ ।
पहाडी सडक अबरुद्ध
बर्षाका कारण नवलपरासीको पहाडी क्षेत्रका सडकहरु अवरुद्ध भएका छन् । कालीगण्डकी कोरिडोरको गैंडाकोट देखि रकुवा सम्मको ९८ किलोमिटर क्षेत्रमा सवारी साधन चलेको छैन ।
पहिरोले विभिन्न ठाउँमा सडक बगाएको लेकबेशी यातायात ब्यवसायी समितिका अध्यक्ष युवराज बस्यालले बताए ।
भित्री सडकहरु अर्खला –बुलिङ्गटारमा पनि सवारी साधन चलेका छैनन । झ्यालबास –रुम्सी– पोखरी चल्ने सवारी साधनहरु पनि पहिरोका कारण चलेका छैनन । भने अरुणखोला दमार हुदै चल्ने सवारी साधन पनि बर्षाकै कारण प्रभावित भएका छन् ।
विद्रोही गिरी, नवलपरासी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
