समाचारशुक्रबार, साउन ७, २०७३

डा केसीको समर्थनमा उत्रन रेखा थापाको अपील

हिमालखबर

rekhaनेपाली फिल्मकी अभिनेत्री रेखा थापाले अनशनरत डा गोविन्द केसीको समर्थनमा भोलि माइतीघरदेखि नयाँ बानेश्वरसम्म आयोजना हुने प्रदर्शनमा सहभागी हुन सबैलाई आग्रह गरेकी छन् ।

आज डा केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी अभिनेत्री थापाले डा केसीको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै भनिन, “भोलिको प्रदर्शनमा सहभागी हुन सबैलाई आह्वान गर्छु, वेथितिविरुद्ध सबै अगाडि आउनुपर्छ ।”keki

त्यसअघि डा केसीलाई भेट्न कलाकारद्वय ऋचा शर्मा र निश्चल बस्नेत पुगेका थिए । उनीहरुले पनि डा केसीका मागहरु पूरा हुनुपर्ने भन्दै आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>