समाचारशुक्रबार, साउन ७, २०७३
संसद बैठक शुरु
व्यवस्थापिका संसदको आजको बैठक केही बेर अघि शुरु भएको छ ।
आजको बैठकमा पहिले बजेटसम्बन्धी विधेयकमा छलफल गर्ने र आजै अविश्वासको प्रस्ताव पनि पेश गर्ने दलहरुबीच सहमति भएपछि बैठक शुरु भएको हो ।
दिउँसो दुई बजेका लागि बोलाइएको बैठक सहमतिको प्रयास जारी रहेकाले बस्न सकेको थिएन । दलहरुबीच कार्यसूचीमा सहमति नहुँदा बिहीबार पनि संसद बैठक बस्दै नबसी स्थगित भएको थियो ।
बैठकमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित थिए । एमालेबाट उपाध्यक्ष भीम रावल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>