समाचारशुक्रबार, साउन ७, २०७३
बजेटसँग सम्बन्धित विधेयक बहुमतले अस्वीकृत
आज व्यवस्थापिका संसदमा पेश भएको आर्थिक विधेयक–२०७३, राष्ट्र ॠण उठाउने विधेयक– २०७३ र ॠण तथा जमानत (एक्काइसौं संशोधन) विधेयक– २०७३ बहुमतले अस्वीकृत भएको छ ।
सत्तारुढ दलका सांसदले विधेयकको पक्षमा मतदान गरे पनि विपक्षीसहित कांग्रेस र माओवादी पार्टीका सांसदले विपक्षमा मतदान गरेपछि सरकारको आर्थिक विधेयक अस्वीकृत भएको सभामुख अनसरी घर्तीले घोषणा गरेकी हुन्।
आर्थिक विधेयक अस्वीकृत भइसकेपछि अहिले सदनमा ‘सरकारमाथि व्यवस्थापिका संसदको विश्वास छैन’ भन्ने अविश्वासको प्रस्तावमाथि छलफल भइरहेको छ ।
प्रस्तावमाथि छलफलका लागि सभामुख ओनसरी घर्ती मगरले भोलिबाट तीन दिन समय तोकेकी छन् ।
सभामुखले सरकारले पेश गरेको आर्थिक विधेयक निर्णयार्थ पेश गरेकी थिइन्।
यसअघि आर्थिक विधेयकमाथि संशोधन प्रस्तावका संशोधनकर्ता प्रेम सुवाल र डिल्लीप्रसाद काफ्लेको प्रस्ताव सदनको बहुमतले अस्वीकृत गरेको थियो।