Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
संसद बैठक ८ साउनसम्मलाई स्थगित - Himalkhabar.com

समाचारशुक्रबार, साउन ७, २०७३

संसद बैठक ८ साउनसम्मलाई स्थगित

हिमालखबर

व्यवस्थापिका संसदको बैठक ८ साउन विहान ११ बजे बस्ने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावमा प्रमुख दुई दलका नेताहरुले धारणा राखेपछि ७ साउनको बैठक स्थगित भएको हो ।

अविश्वासको प्रस्ताव पेस गर्दै  माओवादी अध्यक्ष  दाहालले  प्रधानमन्त्री ओलीसँग आफ्नो कुनै व्यक्तिगत कटुता नरहेको तर  सरकारका नौ महिनाको कार्यकालमा काम गर्ने शैली र तरिकामा  भने  गम्भीर अन्तर रहेको बताए ।

दलीय  धारणा राख्दै  काँग्रेस नेता विमलेन्द्र निधिले संविधान कार्यान्वयनमा प्रधानमन्त्री उदासीन भएकाले अविश्वास प्रस्ताव ल्याइएको बताए ।

यस्तै एमाले नेता सुवास नेम्वाङले संविधान अस्विकार्यको दाबी गर्दै आएका  मधेसी मोर्चाका सांसद्ले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको देख्दा आफूलाई खुशी लागेको बताए ।

अविश्वासको प्रस्तावमा छलफल हुनुअघि आर्थिक वर्ष २०७३/०७४ बजेटसँग सम्बन्धित आर्थिक विधेयक, राष्ट्रऋण उठाउने विधेयक, ऋण तथा जमानत (२१ औं संशोधन) विधेयक संसदबाट अस्विकृत भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>