Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
'भागवत कुञ्ज' को रेकर्ड (पुस्तक सम्पदा) - Himalkhabar.com

समाचारशनिबार, साउन ८, २०७३

‘भागवत कुञ्ज’ को रेकर्ड (पुस्तक सम्पदा)

हिमालखबर

bhagwatkunj२००१ सालमा छापिनुअघि नै ‘भागवत कुञ्ज’ का श्लोकहरू नेपालका पहाड–तराईमा प्रसार हुन थालिसकेका थिए।

सन्तानब्बे सालको जनक्रान्तिको पूर्वसन्ध्यामा धार्मिक आवरणमा समेत राणा शासनको विरोध हुँदैथियो। असन र इन्द्रचोकमा मुरली पण्डित (भट्टराई) पुराणवाचन गर्थे भने अन्यत्र निकै स्थानमा कविप्रसाद गौतमहरू सामूहिक रूपमा ‘हरेराम’ भजन गर्थे।

राणाशासनले त्यति पनि सहेन र कविप्रसादजीलाई पुलिसले समातेर लग्यो। तर कति कारकेर गर्दा पनि उनको मुखबाट ‘हरेराम’ भन्दा अर्को शब्द निकाल्न नसकेपछि आजित भएर ‘आइन्दा यसरी मान्छे जम्मा गरी भजन नगर्नू’ भन्ने बन्देज लगाएर उनलाई छाडियो।

तर उनीहरूले त्यो भजनको क्रम छाडेनन्। कविप्रसादका कान्छा भाइ ज्योतिप्रसाद त एउटा जत्थै लिएर सिंहदरबार अगाडि आएर बसी भजन गर्न लागे– ‘यो राज्यमा शंख–घन्ट बजाएर पूजा गर्न पनि पाइएन’ भन्दै! त्यसो गरेपछि ज्योतिप्रसाद समातिए।

उनलाई पनि भित्र लगी अरू राजनीतिक बन्दीहरूसँगै राखेर मुद्दा चलाइयो। मुद्दाको टुङ्गो लाग्दा चार जनालाई मृत्युदण्ड र अरू धेरैलाई जेल सजाय दिइयो।

ज्योतिप्रसादलाई पनि तीन वर्षको सजाय भयो। उनले जेलभित्रै आफ्नो घाँटी रेटेर शहीद हुन खोजे, तर राणाहरूले उपचार गरेर बचाए। तापनि उनी छुटेनन्। तीन वर्षपछि जेलमुक्त भएर आएपछि गौतम दाजुभाइको सल्लाह भयो– ‘राजनीतिक क्रान्ति गर्ने बेला भएको रै’नछ, अब हामी धार्मिक कार्यमा जुटौं र धर्मयुद्ध गरौं।’ त्यही ‘धर्मयुद्ध’को एउटा पाटो हो जस्तो लाग्छ मलाई यो ‘भागवत कुञ्ज’, हाम्रो आजको पुस्तक सम्पदा।

नभन्दै, २००१ सालमा छापिएर निस्कनुअघि नै ‘भागवत कुञ्ज’ का सङ्गीतमय श्लोकहरू नेपालका गाउँ, शहर, पहाड, तराईका घरघरमा गुञ्जिएर, शिलास्तम्भहरूमा कुँदिएर प्रसार हुन थालिसकेका थिए–

bhagwatkunj1“हेऋषि! कलिमा कसरी तर्लान्, सजिलो साधन आज्ञाहोस्।

शास्त्र अधिक छन् विघ्न छ धेरै, सार खिची सब आज्ञाहोस्।।

किन जन्म्यो श्रीभगवान् कृष्ण, लीला पनि सब आज्ञाहोस्।

स्वर्ग भएपछि धर्म कहाँ गो, रूप लियो कति आज्ञाहोस्।।”

विद्वच्छिरोमणि कवि कुलचन्द्र गौतमको आशीर्वाद बोकेर जन्मेको यो भागवतको जन्मकथा कवि कुञ्जविलास गौतमका सुपुत्र कवि कविप्रसादले यसरी व्याख्या गरेका छन्– ‘परमपावन श्रीहरिको अनुग्रहबाट यो भागवत्रुको सारांश निकाल्ने काम मउपर आइलाग्यो र मैले पनि यसको सम्पूर्ण भार मेरा प्रिय भाइलाई दिएँ।… उनले यो भागवत्रुको सारांशलाई सङ्गीतका साँचामा ढालेका छन्। यसमा लेखकले कविताको दृष्टिबाट आफ्नो प्रतिभाको झ्लक (पनि) देखाएका छन्…।’

हुन त कविप्रसादजीले इङ्गित गरेको ज्योतिप्रसादको प्रतिभाको झ्लक हामी किताबभरि नै पाउँछौं तापनि एउटा सानो उदाहरण दिंदा कुरा अझ् छर्लङ्ग होला। भागवतको दशौं स्कन्धको ४४औं अध्यायमा परेको कंश–वध प्रसङ्ग कवि ज्योतिले चारै पंक्तिमा कसरी अटाइदिएका छन्, हेरौं:

“उफ्री, खैंची, थिची, लडाई, मार्नुभयो अनि कंस पनि।

आठ वटा थे त्यसका भाइ, श्रीवलद्वारा मरे यिनी।।

जेल तर्फ गै आमा बाबुलाई छुटाई ढोग्नुभयो।

सम्झी ईश्वर तिनीहरूले हाल्न सकेनन् छाँद अहो!”

यति भयो यस किताबको इतिहास र यसका केही गुणको बखान। तर यो किताब यस स्तम्भमा के कति कुराले गर्दा अरूलाई उछिनी ‘हाम्रो सम्पदा’ बन्न आइपुग्यो त्यसबारे पनि केही भनौं। वास्तवमा के ज्योतिप्रसाद गौतमको यो कृति हाम्रो सम्पदा हो त?

पढ्नेहरूको मनमा यो प्रश्न आयो होला, मेरो मनमा पनि आएको थियो। तर मेरो विवेकले भन्यो, “हो, ‘भागवत कुञ्ज’ हाम्रो सम्पदा हो, पुस्तकहरूको फाँटमा।” त्यसका कारण छन्। ‘भागवत कुञ्ज’ को रचना कुन परिवेशमा भयो त्यो त हामीले बुझयौं। अब, यसले के कति काम गरुर्‍यो नेपालमा त्यो हेरौं।

भारतमा सय वर्षअघि भागवतको हिन्दी गद्यरूप ‘सुखसागर’ जति लोकप्रिय थियो त्यत्तिकै या त्यसभन्दा पनि बढी प्रिय भयो नेपालका धर्मप्राण जनतामाझ् ज्योतिप्रसादको गाउन मिल्ने त्यो भागवत। नेपाली बोल्न नजान्ने महिलाहरूले पनि ‘भागवत कुञ्ज’ का श्लोकहरू गाउन थाले।

साधारणतः नेपाली नबोल्ने जनजातिका पुरुषहरूले समेत भावविह्वल भएर यो भागवत गाएको दृश्य देखिन थाल्यो, द्यौपाटनमा कविप्रसादजीको ‘कुञ्ज’ वरिपरि। कति मनपराए मान्छेले ‘भागवत कुञ्ज’ लाई भने २००१ सालको शुरूमै एक हजार थान छापिएको पुस्तक ६ महीना नपुग्दै सकिएर अर्को हजार प्रति छाप्नुपरुर्‍यो।

दुई सालमा तेस्रो संस्करण एकैचोटि १० हजार प्रति छापिएर पनि पुगेन। लगत्तै अरू छाप्यो कुञ्जले। नेपाली भाषासंसारमा अभूतपूर्व कुरा भयो, प्रकाशित हुन थालेको पाँच वर्ष नपुग्दै ‘भागवत कुञ्ज’–ले ‘रेकर्ड बीट’ गरिसकेको थियो जनतामा भिजेर अनि २५ हजार प्रति बिकिसकेर।

यसको बिक्रीको हिसाब राख्ने कवि ज्योतिप्रसादका छोरा मुरारि गौतमका अनुसार २०६७ सालमा चालीसौं संस्करण (तीन हजार) छापिंदा ‘भागवत कुञ्ज’ एक लाख, अठार हजार थान मुद्रित भइसकेको थियो। ऐलेसम्म पनि भागवत छापिन छाडेको छैन।

केही प्रकाशकले ‘चोरी’ गरेर छापेको पनि जोड्ने हो भने त ‘भागवत कुञ्ज’ आजसम्ममा झ्ण्डै डेढ लाख थान छापिइसकेको अनुमान हुन्छ। यति धेरै छापिने अर्को नेपाली किताब महाकविको ‘मुनामदन’ मात्र हो तर त्यो स्कूल कलेजको पाठ्यपुस्तक समेत भएर पनि हो भन्छन्। यो भागवत भने कतै पाठ्यक्रममा परेको पनि छैन!

भनेपछि एउटै निष्कर्ष निस्कन्छ― कविप्रसादका भाइ ज्योतिप्रसाद गौतमको अमर कृति ‘भागवत कुञ्ज’ नेपाली ‘पुस्तक सम्पदा’–को हकदार हो।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>