Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अविश्वास प्रस्तावमाथि छलफल भोलि पनि - Himalkhabar.com

समाचारशनिबार, साउन ८, २०७३

अविश्वास प्रस्तावमाथि छलफल भोलि पनि

हिमालखबर

प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि सदनमा भइरहेको छलफलमा आज सांसदहरुले स्पष्टरुपमा दुई कित्तामा विभाजन भई आफ्ना भनाइ प्रस्तुत गरे ।

सत्तापक्षका सांसदहरुले प्रधानमन्त्रीविरुद्धमा प्रतिपक्षले ल्याएको अविश्वासको प्रस्तावको कटाक्ष गर्दै सरकारको लोकप्रियतालाई निस्तेज तुल्याउने एक मात्र उद्देश्य राखेर ल्याइएको प्रस्तावले मुलुकलाई थप बर्बादीतर्फ धकेल्ने दाबी गरे ।

उनीहरुले सरकार परिवर्तन गर्ने खेलमा मुलुकका ठूला राजनीतिक दल लाग्नु दुर्भाग्यपूर्ण रहेको बताउँदै आन्तरिक राष्ट्रवादलाई बलियो तुल्याउने बेलामा सरकार ढाल्ने फोहोरी खेललाई शान्ति र विकासप्रेमी नेपाली जनताले कदापि सहन नसक्ने बताए ।
प्रस्तावको पक्षधर सांसदहरुले भने प्रधानमन्त्रीको दम्भ र अहङ्कारले अविश्वासको प्रस्ताव ल्याउन बाध्य बनाएको जिकिर गर्दै सरकार गठनको व्यवस्था नेपालको संविधानमा छैन भन्ने तर्कले सदनको गरिमा नै घटाएको बताए ।

सत्तारुढ एक घटकले केही गर्दा पनि जनताको हितमा काम गर्न सकेनौँ भनेर बाहिर गइसकेपछि संसद्बाट हुने फैसला स्वीकार गर्नुको साटो अझै सत्तामा टिक्न बाहिर सल्लाह खोजेको र राष्ट्रपतिलाई विवादमा ल्याउन प्रयत्न गरिएको उनीहरुको दाबी छ ।

नेपाली कांग्रेसका नेता प्रदीप गिरीले संविधानसभाले बनाएको संविधानले सबैथोक गर्न सक्छ तर प्रधानमन्त्री चयन गर्न सक्दैन भन्नु एउटा पक्षको वकिलको तर्क मात्र हुने बताउँदै अहिलेको संविधानले नयाँ प्रधानमन्त्री दिन सक्षम भएको बताए ।

संविधानको एउटा धाराको अपव्याख्याले हिटलरको जन्म भएको घटना सुनाउँदै उनले संसद्ले नयाँ प्रधानमन्त्रीको चयन गर्न नसक्ने व्याख्याले संविधान घोषणा हुँदा किन तत्कालीन अध्यक्ष बोल्नुभएन भनी प्रश्न गरे ।

आजको बैठकमा सांसद महेन्द्र यादव, रवीन्द्र अधिकारी, दुर्गा पौडेल, रामहरि खतिवडा, कमल पङ्गेनी, अफिलाल अखेडा, सुरेन्द्र चौधरी, भरतकुमार शाह, अब्दुर रज्जाक गद्दी, डा अमरेशकुमार सिंहलगायतले दलीय अवधारणाका आधारमा अविश्वासको पक्ष तथा विपक्षमा आ–आफ्ना तर्क प्रस्तुत गरे ।

प्रधानमन्त्रीविरुद्ध सदनमा पेस भएको अविश्वासको प्रस्तावमाथिको छलफल भोलि पनि जारी नै रहनेछ ।

व्यवस्थापिका–संसद्को अर्को बैठक भोलि आइतबार बिहान ११ बजे बस्नेछ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>