Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
राप्रपाबाट पनि सरकारलाई समर्थन फिर्ता - Himalkhabar.com

समाचारशनिबार, साउन ८, २०७३

राप्रपाबाट पनि सरकारलाई समर्थन फिर्ता

हिमालखबर

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पार्टीले दिँदै आएको समर्थन फिर्ता लिएको छ ।

पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय चावहिलमा आज बसेको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको पार्टीका सहप्रवक्ता किरण गिरीले जानकारी दिए ।

राप्रपाबाट श्रम तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दीपक बोहोरा र वाणिज्य मन्त्रालयको नेतृत्व जयन्त चन्दले सम्हाल्दै आएका थिए ।

बैठकले व्यवस्थापिका–संसद्‌मा टेबल गरेको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न पार्टीको विधानअनुसार संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ ।

उक्त पार्टीबाट व्यवस्थापिका–संसद्मा १२ जना सांसदले प्रतिनिधित्व गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>