Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कर्मचारीसँग वार्ता औचित्यहिन: डा केसी वार्ता टोली - Himalkhabar.com

समाचारशनिबार, साउन ८, २०७३

कर्मचारीसँग वार्ता औचित्यहिन: डा केसी वार्ता टोली

हिमालखबर

डा गोविन्द केसीका तर्फबाट सरकारी टोलीसँग वार्तामा रहेको टोलीले वार्तामा बस्नुको औचित्य नभएको बताएको छ ।

केसीका तर्फबाट वार्ता टोलीका संयोजक डा रञ्जनकुमार सापकोटाले आफ्ना माग राजनीतिक नेतृत्वले पूरा गर्नुपर्ने विषयका भएकाले प्रशासनिक व्यक्तिमात्र भएको टोलीसँग वार्तामा बस्दा कुनै निष्कर्षमा पुग्न नसकिएको बताए ।

“अहिलेको तरिकाबाट अगाडि बढ्न नसकिने देखिन्छ । हाम्रा माग बहुआयामिक भएकाले सरकारले कि हाम्रा माग सोझै पूरा गर्नुपर्छ । होइन भने राजनीतिक व्यक्तिसहितको उच्चस्तरीय वार्ता टोली बनाएर आउनुपर्छ ।”

सरकारी वार्ता टोलीका संयोजक तथा स्वास्थ्य मन्त्रालयका सचिव डा सेनेन्द्रराज उप्रेतीले अब अगाडि कसरी बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताए ।
उनले भने, “केही विषय विज्ञसँग पनि छलफल गर्नुपर्ने खालका छन् । केही विषयमा सहमति भएको भए पनि केही राजनीतिक विषयमा वार्तामा कुरा हुन सकेन ।”

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा डा गोविन्द केसी विगत १४ दिनदेखि शिक्षण अस्पताल महाराजगञ्जमा आमरण अनशनमा छन् । उनको स्वास्थ्य अवस्था दिनानुदिन गम्भीर हुँदै गएको छ ।

डा केसीको समर्थनमा आज चिकित्सक, विद्यार्थी, कलाकार, पत्रकार र सर्वसाधारण लगायत विभिन्न पेशा र व्यवसायी हजारौंको जुलुशले ‘डा केसी हामी तिम्रो साथमा छौँ’ भन्दै माइतिघर मण्डलाबाट बानेश्वरसम्म प्रदर्शन गर्दै जुलुश प्रदर्शन गरेका थिए ।

सरकारका सचिवको नेतृत्वमा रहेको सरकारी वार्ता टोलीले डा केसीका मागहरु राजनीतिक नेतृत्वले पूरा गर्नु पर्ने जनाएको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>