समाचारआइतबार, साउन ९, २०७३

अविश्वासको प्रस्तावमाथि आज मतदान हुने

हिमालखबर

सरकारविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमाथि व्यवस्थापिका संसदमा आज मतदान हुँदै छ ।

आज बस्ने संसद पहिलो बैठकमा अविश्वासका प्रस्तावबारे छलफल हुनेछ भने तीन घणटा स्थगनपछि आजै शुरु हुने दोस्रो बैठकमा प्रधानमन्त्रीले छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिएलगत्तै अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यक्रम छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएर २९ असारमा माओवादी केन्द्रले सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो ।

अविश्वास प्रस्तावको पक्षमा कांग्रेस माओवादी केन्द्र र केही साना दल समेत उभिएकाले पारित हुने निश्चित छ ।

व्यवस्थापिका संसदमा ५९४ साँसद छन् । अविश्वासको प्रस्ताव पारितका लागि २९८ साँसदको समर्थन भए पुग्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>