समाचारआइतबार, साउन ९, २०७३
अख्तियार घेराउ गर्न पुगेका डा केसीका समर्थकमाथि लाठी प्रहार, ९ जना पक्राउ
डा गोविन्द केसीको समर्थनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि धर्ना दिन गएकामध्ये ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अख्तियार प्रमुखको राजीनामा माग गर्दै नाराबाजी गरिरहेकामध्ये डा सागर पोखरेल, बद्री अर्याल, विषद दाहाल, मिर्जा सिद्दिकी, विक्रम ओली, पदम् जोशी लगायतका चिकित्सक र विद्यार्थी साथै पुकार बम लगायतका अन्यलाई समेत प्रहरीले पक्राउ गरेको डा सुमन आचार्यले जानकारी दिए ।
अख्तियारको कार्यालय टंगाल नजिकै भाटभटेनी स्टोर नजिकबाट उनीहरुलाई पक्राउ गरिएको त्यसक्रममा प्रहरीको लाठी र बुट प्रहारबाट केही प्रदर्शनकारी घाइते समेत भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
