समाचारआइतबार, साउन ९, २०७३
सरकारले राष्ट्रपति समक्ष बाधा अड्काउ फुकाउका लागि सिफारिस गर्ने
सरकारले नयाँ सरकार गठनको बाटो सहज बनाउन ‘बाधा अड्काउ फुकाउ’ का लागि राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको छ ।
आज, ९ साउनमा बसेको मन्त्रिपरिषद्ंको बैठकले संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठन गर्न सहज नरहेकोे भन्दै संविधानको धारा ३०५ अनुसार वाधा अड्काउ फुकाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको शान्तिमन्त्री एकनाथ ढकालले जानकारी दिए ।
संविधान कार्यान्वयनमा कुनै बाधा अड्काउ परेमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउन सकिनेछ संविधानको धारा ३०५ मा व्यवस्था गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>