थप समाचारआइतबार, साउन ९, २०७३

व्यापारीलाई धम्की दिएर फिरौती माग्ने पक्राउ

हिमालखबर

Suresh Ramआफूलाई पूर्व सभासद बबन सिंहको मान्छे भन्दै वीरगञ्जका ब्यापारीबाट फिरौती असुल्ने अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पर्सा हरिपुर–३ का ३४ वर्षीय सुरेश रामले दुई सातादेखि वीरगञ्जका उद्योगी–व्यापारीलाई फोनबाट धम्की दिएर रु २० लाखसम्म माग गरेको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

रामले धम्की दिन प्रयोग गर्ने सीमकार्ड र मोबाईल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

रामलाई प्रहरीले ८ साउनमै पक्राउ गरेको भएपनि ९ साउन दिउँसो जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

“उसले २० लाख माग्दै नदिएमा व्यापारी तथा उसको बालबच्चालाई अपहरण गर्ने, गोली हान्ने धम्की दिने गरेको रहेछ,” प्रहरी नायब उपरीक्षक बोगटीले भने, “व्यापारीले बेलैमा हामीसँग समन्वय गरेकाले पक्रन सफल भयौं ।”

रामविरुद्ध अपहरण उद्योग सम्बन्धी मुद्दा दर्ता गराई अनुसन्धान पक्रिया अगाडि बढाईएको बोगटीले जानकारी दिए ।

त्यस्तै प्रहरीले एमबीबीएस भर्ना परीक्षामा पास गराईदिन्छु भनेर ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

सप्तरीको राजविराज– ९ का २४ वर्षीय अमृत देव र महोत्तरीको नैनही–९ का अविनाष मिश्रलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले विभिन्न कलेजमा एमबीबीएसमा भर्ना गराइदिने, भारतीय दूतावासको छात्रवृत्ति मिलाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>