Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
प्रधानमन्त्री ओलीद्वारा पदबाट राजीनामा - Himalkhabar.com

समाचारआइतबार, साउन ९, २०७३

प्रधानमन्त्री ओलीद्वारा पदबाट राजीनामा

हिमालखबर

kp_oliप्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा गरेका छन् ।

व्यवस्थापिका संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव प्रस्तुत भएपछि त्यसमा मतदान हुनुपूर्व नै ओलीले राजीनामा गरेका हुन् ।

आजको संसदको बैठकमा अविश्वास प्रस्तावको छलफलमा उठेका प्रश्नहरुको उत्तर दिने क्रमको अन्त्यमा प्रधानमन्त्री ओलीले आफूले राष्ट्रपति समक्ष आजै राजीनामा पत्र बुझाइसकेको जानकारी दिए ।

गत २४ असोजमा उनलाई व्यवस्थापिका संसदले प्रधानमन्त्रीमा बहुमतबाट चयन गरेको थियो ।

आफ्नो सम्बोधनको क्रममा ओलीले आफूले प्रधानमन्त्री पद सम्हाल्दा मुलुक अभूतपूर्व संकटमा रहेको भन्दै त्यसलाई सामान्य बनाइसकेपछि आफूमाथि निहित स्वार्थबस अविश्वासको प्रस्ताव ल्याइएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आलोचना गरे ।

उनले सरकारमा रहनु वा नरहनु ठूलो कुरा नभएको भन्दै आफूलाई सरकारबाट हटाउने निहुँमै भए पनि मधेश केन्द्रित दलहरुले संविधानकोे सर्वस्वीकार्यतालाई पुष्टि गरिदिएको बताए ।

उनले अविश्वासको प्रस्ताव र त्यसको अन्तर्य ‘मुलुकलाई अस्थिरताको भूमरीमा धकेल्ने र धमिलो पानीमा माछा मार्नेहरुका लागि चालिएको संकिर्ण र स्वार्थी कदम’ भनेका थिए ।

संवोधनका क्रममा माओवादी केन्द्रप्रति बढी आक्रमक देखिएका ओलीले आफूले प्रधानमन्त्री पदमा रहेर गरेका कामहरुको फेहरिस्त समेत प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>