Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
चन्दका कार्यकर्ताले दुई ट्याक्सी जलाए, ६६ जना पक्राउ - Himalkhabar.com

समाचारसोमबार, साउन १०, २०७३

चन्दका कार्यकर्ताले दुई ट्याक्सी जलाए, ६६ जना पक्राउ

हिमालखबर

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको बन्दका कारण आज काठमाडौँ उपत्यकाको जनजीवन सामान्य प्रभावित भएको छ ।

बन्दकर्ताले मीनभवन र गोङ्गबुमा दुईवटा ट्याक्सीमा आगजनी गरी क्षति पुर्‍याएका छन् । मीनभवनमा बा१ज ५१६२ नंको ट्याक्सीमा बिहान ३:४५ बजे पेट्रोल छर्केर आगजनी गरेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

त्यस्तै बन्दकर्ताले गोङ्गबुमा बा१ज २८६ नंको ट्याक्सीमा आगजनी गरेका छन् । दुवै ट्याक्सी पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

ट्याक्सी जलाएको आरोपमा प्रहरीले चन्द माओवादी निकट मजदुर संगठनका अध्यक्ष योगेन्द्र कुमाललाई पक्राउ गरेको छ ।
यसअघिको बन्दमा पनि ट्याक्सी आगजनी गरेको आरोपमा पक्राउ परेका कुमाल केही दिनमै रिहा भएका थिए ।

राजधानीमा सार्वजनिक सवारीसाधन कम चले पनि निजी सवारी साधन भने निर्वाध रूपमा सञ्चालन भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार साझा यातायात, कान्तिपुर यातायात, माइक्रो, टेम्पोलगायतका सवारी साधन बिनाअवरोध सञ्चालन भइरहेका छन् ।

सर्लाहीको सागरनाथमा सुकुम्बासीमाथि ज्यादती भइरहेको भन्दै त्यसको विरोधमा सो पार्टीले गरेको बन्दका कारण शिक्षण संस्थासमेत बन्द भएका छन् ।

जबर्जस्ती बन्द गराउँदै हिँडेका ६५ कार्यकर्ता पक्राउ परेका छन् । उपत्यकामा ३५ सहित उपत्यका बाहिरका गरी जम्मा ६५ जना कार्यकर्ता पक्राउ परेको पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्माले जानकारी दिए ।

बन्दको प्रभाव उपत्यकामा सामान्य परे पनि कामकाजी सर्वसाधारण भने मर्कामा परेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>