समाचारसोमबार, साउन १०, २०७३

डा. केसीले अनशन तोडे

हिमालखबर

drkc2चिकित्सा क्षेत्रको समग्र सुधारको माग राखी आठौं पटक अनशन बसेका डा. केसीले १६ औं दिनमा अनशन तोडेका छन् ।

शिक्षण अस्पताल महाराजगञ्जमा आफू अनशनरत कक्षमा बिरामीको हातबाट जुस खांदै केसीले अनशन तोडेका हुन् ।

सरकारी वार्ता टोली र केसीबीच हिजो, ९ साउन राति ४ बुँदे सहमति भएको थियो ।

केसीले अनशन तोड्दा सरकारी वार्ता टोलीका संयोजक स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती उपस्थित थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...