थप समाचारसोमबार, साउन १०, २०७३
अमेरिकामा भानु जयन्ती
भुट्निज कम्युनिटी कनेक्टिकट र कनेक्टिकटस्थित पब्लिक लाइब्रेरीको संयुक्त आयोजनामा ८ साउनमा भानु जयन्ती मनाइएको छ ।
आदिकवी भानुभक्तको जयन्ती मनाउन आयोजित सभामा पब्लिक लाइब्रेरीकी निर्देशक केरीले माल्यर्पण गरेर कार्यक्रमको उद्घाटन् गरेकी थिइन् ।
कार्यक्रममा भुटानी गायक प्रताप सुब्बाले एकदर्जन गीत गाएका थिए । उनी नेपालको पलेंटी शृृंंखलामा गाइसकेका एकमात्र भुटानी गायक हुन ।
सो अवसरमा अमेरिकाका बिभिन्न राज्यबाट आएका स्रष्टाहरुले कविता वाचन गर्नका साथै नृत्य र गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा हिमाल खबरपत्रिकाका सम्वाददाता गोपाल गडतौला, गायक प्रताप सुब्बा र चर्चित सारंगीबादक श्याम नेपालीलाई सम्मान गरियो ।
भानु जयन्ती २९ साउनमा पर्ने भए पनि अमेरिकामा पुनर्वास भएका भुटानीहरुले छुट्टीको समय मिलाएर करिव एक सातापछि कार्यक्रमको आयोजना गरेका हुन् ।
गत ८ वर्षमा झापा र मोरङका पाँच ठाँउका सात शिबिरबाट अमेरिका पुनर्वास भएका भुटानीले आफ्नो संस्कृति र मौलिकता जोगाउन यसखाले कार्यक्रम आयोजना गर्ने गरेको भुटानी समाज कनेक्टिकटका अध्यक्ष पदमकुमार भारतीले बताए
कार्यक्रममा हार्टफोर्डस्थित नेपालीहरु पनि सहभागी थिए ।
गोपाल गडतौला, कनेक्टिकटबाट