Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
डा. केसी भन्छन्, 'आन्दोलन जारी छ' - Himalkhabar.com

समाचारसोमबार, साउन १०, २०७३

डा. केसी भन्छन्, ‘आन्दोलन जारी छ’

हिमालखबर

तस्वीर: बिक्रम राई

तस्वीर: बिक्रम राई

सरकारसँगको सम्झौतापछि १६ औं दिनमा अनशन तोडेका डा गोविन्द केसीले आफ्नो आन्दोलन जारी रहेको बताएका छन् ।

अहिलेसम्म भोकै बसेर आन्दोलन गरेको तर अब खाएर अझ सशक्त आन्दोलन गर्ने उनको भनाई छ ।

दलका नेताहरु माफियाको पक्षमा रहेको भन्दै उनले युवाहरु जाग्नुपर्ने बताए । मेडिकल शिक्षामा सबैको पहुँच र यसमा रहेका विकृति हटाउन आफू अनशन बस्नु परेको भन्दै अहिले भएका सम्झौता कार्यावयन गराउन र देशमा सुशासन गराउन आफू आन्दोलनमै रहने उनले बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचारमा लिप्त भएको भन्दै उनले अख्तियार अगाडि प्रदर्शन गर्ने चिकित्सक तथा विद्यार्थीहरुमाथि हस्तक्षेप भएकोमा विरोध जनाए ।

उनले अहिले भएको सहमति पूरा नभए झन् सशक्त आन्दोलन गर्ने बताएका छन् ।

डा केसीले अस्पतालमा उपचार गराइरहेका सिन्धुपाल्चोकका भूकम्पपीडित ५ वर्षीय बालक सरोज नेपाली,  गोर्खाका भिक्षु नोर्बु लामा  र सिराहाकी अनितादेवी महतोका हातबाट जुस खाएर अनशन तोडेका थिए ।

त्यसपछि वार्ता टोलीका संयोजक स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेती, पूर्व मुख्य सचिव लीलामणि पौडेल  र सांसद गगन थापाले जुस खुवाएका थिए ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>