अर्थ/बजारमंगलबार, साउन ११, २०७३

जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न

हिमालखबर

JCB Operator meetएमएडब्लु अर्थमुभर्स प्राइभेट लिमिटेडले गोरखामा ‘अपरेटर मिट’ आयोजना गरेको छ । नेपालका लागि जेसीबी निर्माण तथा हेभि इक्विपमेन्टको आधिकारिक विक्रेता रहेको एमएडब्लुले हेभि इक्विपमेन्टका अपरेटरहरुलाई जेसीबी मेसिनको प्रयोग, संभार र संरक्षण गर्न सिकाउन कार्यक्रम गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा गोरखाका ४९ जना अपरेटरहरुले सहभागिता जनाएका थिए । उनीहरुलाई जेसीबीका इन्जिनियर तथा विज्ञहरुले मेसिनको पाटपूर्जाबारे जानकारी दिएका थिए । साथै मेसिनलाई बिग्रनबाट बचाउन अपनाउनुपर्ने सावधानीबारे सचेत पारिएको थियो ।

जेसीबी डिभिजनका मार्केटिङ म्यानेजर सञ्जिव देउजाले अपरेटरहरुलाई मेसिनको हेरचाह र मर्मतबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...