Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बुटवलः बाढीले १५ घर र झोलुङ्गे पुल बगायो - Himalkhabar.com

समाचारमंगलबार, साउन ११, २०७३

बुटवलः बाढीले १५ घर र झोलुङ्गे पुल बगायो

हिमालखबर

butawal

तस्वीर: दीपक ज्ञवाली

बुटवलको तिनाउ नदीमा आएको बाढीले नदी किनारका कम्तिमा १५ घर बगाएको छ भने २०० भन्दा बढी घर डुबानमा छन् ।

नदीमा पानीकोे बहाव बढिरहँदा नदी वरपरका वस्तीहरु थप जोखिममा परेको बुटवल प्रहरीले जनाएको छ ।

जोखिमपूर्ण वस्तीका वासिन्दालाई सुरक्षित स्थानमा सार्न प्रहरी खटिरहेकोे इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी महेन्द्र खड्काले बताए ।

अहिलेसम्म बुटवल–७ प्रगतिटोलका १० र बुटवल–१३ मझुवाका ५ घर बाढीले बगाएको छ ।

तिनाउ किनारका दुर्गानगर, न्यु दुर्गानगर, सिमानगर, खयरघारी लगायतका २ सय बढी घरमा पानी पसेको छ ।

अहिलेसम्म मानवीय क्षति भने भएकोछैन ।

झोलुङ्गे पुल बग्यो
तिनाउकोे बाढीले बुटवल–१३ मा रहेको झोलुङ्गे पुल बगाएको छ ।

उद्धारमा खटिएका प्रहरी हवल्दार चिरञ्जीवी चौधरी घाइते भएका छन् ।

बाढीले आसपासका घरहरु काट्ने क्रम शुरु भएको इप्रका बुटवलले जनाएको छ । क्षतिको थप बिबरण आउन बांकी छ ।
दीपक ज्ञवाली, बुटवल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>