Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
देशभर बाढी पहिरोको कहर - Himalkhabar.com

समाचारमंगलबार, साउन ११, २०७३

देशभर बाढी पहिरोको कहर

हिमालखबर

बुटवलमा तिनाउ नदीको बाढीले झोलुंगेपुल बगाएपछि । तस्वीर: दीपक ज्ञवाली

बुटवलमा तिनाउ नदीको बाढीले झोलुंगेपुल बगाएपछि । तस्वीर: दीपक ज्ञवाली

केही दिन अघिदेखिको झरीले सुनसरी जिल्लाका ११ गाविस, तीन नगरपालिका र एक उपमहानगरपालिकाको एक हजार ७०० घर डुबानमा परेका छन् ।

गएराति परेको वर्षाले जिल्लाको नरसिंह गाविसको वडा नम्बर ३, ४, ५, ६ र ७ मा अविरल परेको वर्षाले जलमग्न भई ७० घरभन्दा बढी बस्ती डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

यसैगरी, छिटाहाको विभिन्न वडामा २५ घर साहेबगञ्ज गाविसको ७, ८ र ९ मा ५४ घर र घुस्की–४ मा थप ९ घर डुबान परेकाले ती डुबानमा परेकालाई सुरक्षित स्थानमा तथा आफन्तकोमा बसोबासका लागि प्रहरीले सहयोग गरेको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।

सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले सप्तकोसी नदीमा अहिले बिहान ८ बजेको समयमा दुई लाख ४३ हजार ७७४ क्युसेक प्रतिसेकेन्ड बाढीको बहाव कोसी ब्यारेजमा मापन भएको बताएका छन् ।

अहिले ब्यारेजका ५६ ढोकामध्ये ३१ वटा ढोका खोलिएका छन् । बिहान कोसी नदीमा बाढी घटेपनि अहिले पुनः बाढीको बहाव बढ्ने क्रममा रहेको पनि उनले जानकारी दिए ।

सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानमा सोमबार भएका घटनामा परी एक जनाको ज्यान गएको छ । अर्का एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार पूर्व झापा जाँदै गरेको बा ५६ प ६६६४ नम्बरको मोटरसाइकललाई झापाबाट काठमाडौँतिर जाँदै गरेको मे १ ख २०४० नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलको पछाडि यात्रारत गुल्मी घर भई बानेश्वरमा बस्दै आएका २० वर्षीय हिमाल खत्रीको घटनास्थलमा नै मृत्यु भएको छ ।

मोटरसाइकल चालक झापाका २१ वर्षीय निशान खरेलको जिल्ला अस्पताल इनरुवामा उपचारपछि घर गएको प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिए ।

यता सुनसरीको बराहक्षेत्र–१ मा स्थानीय दूधखोलामा आएको बाढीले बगाई सप्तकोसी नदीमा पुर्‍याएकाले इटहरी उपमहानगरपालिका–१ आइतबारे निवासी १७ वर्षीया सुशीला कार्की बेपत्ता भएकी छिन् ।

उनीसँगै बगेका भोजपुर जिल्लाको मानेभञ्ज्याङ–५ निवासी ज्ञानेन्द्र पराजुलीको भने स्थानीयवासी र प्रहरीले जीवितै उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।

पाल्पाको गोठादी–५ दमारमा पहिराले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तामबहादुर कनौजे तथा उनका श्रीमती र छोरी रहेको प्रहरीको जनाएको छ ।

लगातारको वर्षाले जिल्लाका अधिकांश भेगमा पहिरो गएको छ । पानी नरोकिएपछि उद्धारमा समेत समस्या देखिएको छ ।
जिल्लाको दोभान गाविस–१ झुम्सामा पहिराले घर पुरिँदा यसअघि अस्मिता विकको मृत्यु भएको थियो ।

भीषण वर्षासँगै आएको बाढीले कास्कीको हेम्जामा बालुवा निकाल्ने क्रममा एक महिलालाई सेती नदीले बगाएर बेपत्ता बनाउनुका साथै तीन दर्जनभन्दा बढी घर डुबानमा परेका छन् ।

म्याग्दी घर भई हेम्जामा बस्दै आएकी ४० वर्षीया मोतीकला छन्त्याललाई सोमबार साँझ सेती नदीले बगाएको र उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।

सेती नदीमा आएको भीषण बाढी पोखराको रामघाटमा थुनिँदा सुकुम्बासी बस्तीका छ घर डुबानमा परेका छन् । प्रहरीले रातिनै उनीहरुलाई सुरक्षित स्थानमा सारेको थियो ।

यस्तै, पोखराको कस्केरीमा रहेका २० वटा सुकुम्बासीका घर पनि डुबानमा परेका छन् भने पार्चे गाविसमा मादी नदीले दुईवटा व्यक्तिगत घर र एउटा सामुदायिक क्लिनिक समेत बगाएको छ ।

गुल्मीमा वर्षासँगै गएको पहिरोले पुरिएर पाँच जनाको ज्यान गएको छ ।

यसरी ज्यान जानेमा गुल्मीको हस्तिचौर गाविस एक मल्दी निवासी एकै परिवारका ६२ वर्षीया कालीका दर्जी, ४९ वर्षीया तुलसी दर्जी र १९ वर्षीया अस्मिता दर्जी रहेका छन् ।

त्यसैगरी, बिसुखर्क गाविस–९ मा पहिरोले पुरिएर गोपाल रानाका ८ वर्षीय छोरा सुजन राना र ६ वर्षीया छोरी सिमाना रानाको समेत ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिए ।

पहिरोमा पुरिएर हस्तिचौरका ५० वर्षीय विष्णु सारु घाइते बनेका छन् । अहिले पनि घरमाथिबाट पहिरो खसिरहेका कारण पहिरोमा पुरिएका विसुखर्कका राना परिवारको उद्धार गर्न समस्या परेको प्रहरीले बताएको छ ।

बजार क्षेत्रका मानिस त्रासका कारण घरका सामान सुरक्षित स्थानमा सार्न थालेका छन् ।

बाढीले हजारौँ रोपनी फाँट समेत डुबानमा पारेको छ । बाढी र पहिरोका कारण गुल्मीमा एक दर्जनभन्दा बढी घरगोठमा समेत क्षति पुगेको बताइएको छ ।

नेपाल रेडक्रस मोरङले बाढीबाट विस्थापित ४०० जनाबीच सोमबार खाद्यान्न सामग्री वितरण गरेको छ ।

बक्राहा खोलाको पानी गोविन्दपुर र डाइनिया गाविसमा पसेपछि ती दुई गाविसका विस्थापित ४०० जनाबीच खाद्यान्न सामग्री वितरण गरिएको रेडक्रस मोरङले जनाएको छ ।

पीडित व्यक्तिबीच तत्काल च्यूरा, भूजिया र प्याज वितरण गरिएको छ ।

यसैबीच, मोरङमा निरन्तररुपमा भएको वर्षाका कारण हजारौँ बिगाहामा लगाइएका धानबाली डुबानमा परेको छ भने मधुमल्ला–५ का ५० बिगाहा जमिनमा लगाइएका धानबाली नष्ट भएको छ ।

बक्राहा खोलाको पानीले खेतमा बालुवा भरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजेन्द्र उप्रेतीले जानकारी दिए ।

बाढीको पानी घटेपछि मात्र थप क्षतिको जानकारी प्राप्त गर्न सकिने उनले बताए ।

गुल्मीको मुसिकोट गाविस र वामी गाविसबीच जोड्ने झोलुङ्गे पुल बडिगाड खोलाले बगाएको छ ।

मुसिकोट गाविस–६ ताल्तुङ र वामी गाविस–१ को सुदीमा रहेको झोलुङ्गे पुल अविरल वर्षासँगै बडिगाड खोलामा आएको बाढीले आज बिहान उक्त झोलुङ्गे पुल बगाएको स्थानीय जनकबहादुर खत्रीले जानकारी दिए ।

मोरङको रमितेखोलामा आइतबार राति पिकअप भ्यान भिरबाट खसेर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका रमितेखोला–९ बस्ने २३ वर्षीय अर्जुन राईको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा गएराति मृत्यु भएको छ । यसअघि रमितेखोला–७ बस्ने १८ वर्षीय सिद्धी राईको घटनास्थलमा नै र इलाम साक्फारा–१ बस्ने १५ वर्षीय सन्दिप राईको उपचारको लागि विराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।

दुर्घटनामा परेर घाइते भएका अन्य सात जनाको न्युरो अस्पतालमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक गङ्गाबहादुर राईले जानकारी दिए ।

मोरङको टाँडीबाट रमितेबजारतर्फ जाँदै गरेको को १ ज १७५५ नम्बरको पिकअप भ्यान आइतबार राति रमितेखोला–२ स्थित भिरबाट ध्वाँसे खोलामा खस्दा दुर्घटना भएको थियो । पिकअप भ्यानका चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

मकवानपुर जिल्लाको भीमफेदी गाविस–५ सोला भञ्ज्याङमा गएराति पहिरो जाँदा एकै परिवारका तीन जनाको पुरिएर मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा २५ वर्षीय टेकबहादुर रुम्बालामा, उनकी श्रीमती २३ वर्षीया पार्वती रुम्बालामा र उनका छोरा ५ वर्षीय विकास रुम्बालामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

क्षतिको विवरण अझै आउन बाँकी रहेको भीमफेदी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव थापाले जानकारी दिए ।

प्युठानको लुङ गाविस–६ मा शिशिर रिजालको घर पहिरोले भत्काउँदा उनकी श्रीमती शोभा रिजालको मृत्यु भएको छ ।

पहिरोले घर भत्काएपछि शोभाको उद्दार गर्नखोज्दा मृत्यु भएको थियो भने परिवारका अन्य सदस्य भाग्न सफल भएका थिए ।

यसैगरी, बागदुला पुलमुनि अन्दाजी १२ वर्षीया अज्ञात बालिकाको शव फेला परेको र कार्कीडाँडा पक्की पुलमुनि झिमु्रक खोलाको माझमा पनि एक बेवारिसे शव फेला परेको छ । खैरा झोलुङ्गे पुलमुनि अर्को एक शव पनि फेला परेको छ ।

त्यस्तै, झिमु्रक नदीको खैरामा बुटवल पावर कम्पनीको ड्याम साइटमा पनि अर्को एक बेवारिसे शव फेला परेको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले बताए ।

यस्तै, लुङ–६ मा डेरा गरी बस्ने काली विक र पवित्रा पुन आफ्नो घर पहिरोले बगाउँदा बेपत्ता भएका छन् ।

झिमु्रक नदीमा पछिल्लो १४ वर्षकै ठूलो बहाव भएको बुटवल पावर कम्पनी दारिमचौरले जनाएको छ ।

नदीमा अत्यधिक बहाव बढेकाले दुई दिनदेखि बुटवल पावर कम्पनीको उत्पादन बन्द भएको छ ।

रजवारा गाविसमा स्थानीयले आफैंले निर्माण गरेको थाराखोला लघु जलविद्युत् आयोजना, तिखाचुली लघु जलविद्युत् आयोजना र सिरिङ खोला जलविद्युत् आयोजना पूर्णरुपमा बगाउँदा करिब ९०० घरधुरी अध्याँरोमा बस्नुपरेको स्थानीय जोगेन्द्र मल्लले बताए ।

अर्खा गाविसमा पनि तीनवटा लघु जलविद्युत् आयोजना बाढीले बगाएको छ ।

सुसाउने खोला, जुरढुङ्गा कोर्चे र कालिमाटी लघु जलविद्युत् आयोजनाको तार, पोल र विद्युत् उत्पादनगृह बाढीले बगाएको सुसाउने खोला लघु जलविद्युत् आयोजनाका अध्यक्ष पुमलाल घर्तीले जानकारी दिए ।

जिल्लाको स्याउलीवाङ गाविसमा रहेको सरिमाखोला लघु जलविद्युत् आयोजनामा कम्पनीका सबै भौतिक संरचना बाढीले बगाएको छ ।

सिरहामा कमला नदीको बाढीमा बगेर मृत्यु भएका एक जनाको शव सिरहा प्रहरीले फेला पारेको छ ।

कमला नदीमा डुबेर बेपत्ता भएका महोत्तरीको बर्दिवासका २१ वर्षीय मनोज योगीको शव प्रहरीले सिरहाको बन्दीपुरदेखि करिब पाँच किलोमिटर उत्तरतर्फ कमला नदीको भंगालोमा सोमबार साँझ फेला पारेको हो ।

साउने सोमबारको अवसरमा मेला भर्न आइतबार साँझ सिरहाको उत्तरायणी जाने बेलामा योगीसहित महोत्तरीका चारजना युवा धनुषाको चिसापानीबाट कमला नदी पार गर्ने क्रममा कमला नदीमा बगेका थिए । अन्य तीनजना भने वेपत्ता रहेका र खोजी कार्य जारी रहेको छ ।

बगेका मध्ये योगीको शव कमला नदीको भंगालोमा सिराहा तर्फ फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।

मोरङको हसन्दह, अमरदह, सुगाबजार, खड्का टोलका २०० बासिन्दालाई स्थानीय समाजसेवीले निःशुल्क सामूहिक भोजनको व्यवस्था गरेका छन् ।

स्थानीय पत्रकार वीरेन्द्र साहका अनुसार मोरङका युवाको टोलीले बाढीले डुबानमा परेका २०० बालबालिका र वृद्धवृद्धालाई उद्धार गरी दैनिक बिहानबेलुका सामूहिक भोजनको व्यवस्था सोमबार बेलुकाबाट सुरु गरिएको हो ।

समाजसेवी प्रताप तामाङ तथा विशाल खड्कालगायतको टोलीले रु दुई लाखको लागतमा बाढीपीडितलाई सामूहिक भोजन सुरु गरेको हो ।

बाढीले घर डुबानमा परेपछि बिचल्ली भएका वृद्धवृद्धा र बालबालिकालाई एक हप्तासम्म निःशुल्क खाना खुवाउने व्यवस्था गरिएको छ ।

सो युवाको समूहले खाद्यान्न, लत्ताकपडा, निःशुल्क ज्वरो, रुघाखोकी तथा टाउको दुखेको औषधि समेत वितरण गरेको पत्रकार साहले जानकारी दिए ।

अहिलेसम्म दैवीप्रकोप उद्धार समिति मोरङले कुनै पनि प्रकारको राहतको व्यवस्था नगरेको भन्दै बाढीपीडितले गुनासो गरेका छन् ।

तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल बगाएको छ ।

देवीनगर र बुद्धनगर जोड्ने झोलुङ्गे पुल आज बिहान किनारको जमिन नदीले कटान गर्दै जाँदा ढलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी वरिष्ठ उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।

अविरल वर्षासँगै आएको बाढीले नदी किनारका बस्ती जोखिममा परेको र उद्धारमा खटिएका प्रहरी जाँदै गर्दा पुल भत्किएपछि वडा प्रहरी कार्यालय बुटवलका प्रहरी हरिनारायण चौधरी पुलसँगै खसेर घाइते भएका छन् ।

तिनाउमा आएको अनियन्त्रित बाढी घरका पक्की पर्खाल, जाली र ठोकर भत्काएर बस्तीमा पसेको हो । बाढीबाट तिनाउ किनारमा रहेका १६ टोलका छ हजार बढी व्यक्ति जोखिममा रहेको अनुमान छ ।

यसअघि सोमबार रातिदेखि परेको अविरल वर्षासँगै तिनाउमा आएको बाढीले आज बिहान नदी किनारमा रहेका अव्यवस्थित बस्ती उपमहानगरपालिका–७ का प्रगतिनगरमा १० घर र वडा नं १३ को मजुवामा पाँच घर बगाएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>