थप समाचारबुधबार, साउन १२, २०७३

दाङः राप्ती किनारमा पाँच शव भेटिए

हिमालखबर

दाङको राप्ती नदी किनारमा बुधवार पाँचवटा शव फेला परको छन ।

पोष्टमार्टम गरेका चारवटा र पोष्टमार्टम नगरेको एक सहित गंगापरस्पुर, बेला र सतबरियाका नदी किनारमा ५ वटा शव भेटिएको दाङ प्रहरी प्रमुख धिरजप्रताप शाहले जानकारी दिए ।

बाढीको पानी घट्दै जाँदा दुई जना महिला र तीन जना पुरुषको शव फेला परेको हो ।

ती शवमध्ये एउटा गंगापरस्पुर ९ टकियापुरका ठगिराम चौधरीको रहेको प्रहरीले जनाएको छ । ५३ वर्षीय चौधरी दुई दिनअघि नदीले बगाउँदा वेपत्ता भएका थिए ।

पोष्टमार्टम गरिएका शवको पहिचान हुन नसकेपनि विभिन्न कारणले मृत्यु भई पोष्टमार्टम गरिएपछि नदी किनारमा गाडिएका शवलाई बाढीले बगाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यसैबीच जिल्लाका नदी र खोलाहरुमा पानीको बहाव कम हुँदै गएपछि जनजीवन सामान्य हँुदै गएको छ ।

राप्ती नदी र विभिन्न खोलाहरुमा आएका बाढीले दाङको देउखुरी क्षेत्रका एकसय भन्दा बढी घर डुबानमा परेका थिए ।
गोपाल भट्टराई, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...