थप समाचारबुधबार, साउन १२, २०७३

बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता

हिमालखबर

कपिलवस्तुका विभिन्न नदीहरुमा आएको बाढीका कारण डुबेर २ जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् ।

सुरही खोलामा आएको बाढीले बगाउंदा बुद्धबाटिका नगरपालिका वडा नं. ४ की कल्पना कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसै गरी वाणगंगा नगरपालिका वडा नं. ४ ओदारीमा सडकमा खेलिरहेकी स्थानीय १२ वर्षीय रविना चौधरीको डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक विष्णु के.सी.ले बताए ।

वाणगंगा नदीमा आएको बाढीले कजरहवा गाविस ९ सिंग्राहाका २१ वर्षीय रामगुलाम कलवारको वेपत्ता भएका छन् ।
गोपाल भण्डारी, कपिलवस्तु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...