समाचारबुधबार, साउन १२, २०७३

चैतमा स्थानीय निर्वाचन गर्ने कांग्रेस-माओवादी सहमति

हिमालखबर

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले स्थानीय निकायको सीमा निर्धारणको विषय टुङ्ग्याएर चैतसम्ममा निर्वाचन गर्ने गरी अघि बढ्ने सहमति गरेका छन् ।

दुई दलको आज सिंहदरबारमा बसेको बैठकले यस्तो सहमति गरेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

“व्यावहारिक र वैज्ञानिक रुपमा सीमा निर्धारण गरी छिटो स्थानीय निकायको निर्वाचन गर्ने विषयमा बैठकमा छलफल भयो, नेकपा एमाले र मधेशी मोर्चा लगायतका राजनीतिक दलसँग पनि बैठक गरी निष्कर्षमा पुग्ने सहमति भएको छ”–उनले भने ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेल, नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरालगायत नेताको सहभागिता थियो ।

स्थानीय निकाय पुनःसंरचनाका विषयमा मङ्गलबार पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ नेताबीच छलफल गरेको कांग्रेसले आज पनि छलफललाई निरन्तरता दिने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>