Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला - Himalkhabar.com

थप समाचारबुधबार, साउन १२, २०७३

यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला

हिमालखबर

दार्चुलामा एक यार्सा व्यापारीको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशील सिंह राठौरका अनुसार दार्चुला सिप्टी–३ होपरीका जमनसिंह महताको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको हो ।

प्रहरीले महताको शव दार्चुलाको घुषा गाविस–८ धनबोहरा भन्ने स्थानबाट ५०० मिटर तल चमेलिया नदी किनारमा फेला परेकोले एक टोली घटनास्थलतर्फ खटाएको जनाएको छ ।

यसअघि ११ साउनमा प्रहरीले दार्चुलाको घुषा गाविस–८ धन बोहरा भन्ने स्थानमा पेस्तोल, पाँच राउन्ड गोली, रगतले लत्पतिएको अवस्थामा चक्कु, एक तोला यार्सा, सतुवा एक किलोग्राम रु नौ लाख ९९ हजारलगायतका सामग्री फेला पारेको थियो ।

खण्डेश्वरीका स्थानीय कमल रोकायाले दिएको जानकारीका आधारमा प्रहरीले उक्त स्थानबाट सामग्री बरामद भएको बताएको छ ।

यस्तै घटनास्थलबाटै हत्या गरिएका सिप्टी–३ होपरीका जमनसिंह महताको नाममा जारी भएको यार्सा सङ्कलन परिचयपत्रसमेत फेला परेको थियो ।

परिचयपत्र फेला परेपछि तथा चक्कुमा रगत लत्पतिएको अवस्थामा प्रहरीले महताको हत्या भएको हुनसक्छ भनेर खोजी कार्य गरेको थियो ।

प्रहरीले महताको खोजबिन गर्दा मङ्गलबार चमेलिया नदी किनारमा हत्या गरिएको अवस्थामा शव भेट्टिएको हो ।

प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले आफू घटनास्थल पुगेपश्चात मात्रै घटनाको थप विवरण आउने जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>