Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
साझाका थप तीस बस साउनभित्रै आइपुग्ने - Himalkhabar.com

समाचारबिहीबार, साउन १३, २०७३

साझाका थप तीस बस साउनभित्रै आइपुग्ने

हिमालखबर

sajha

भारतको महाराष्ट्रस्थित कारखानमा साझा बस

साझा यातायातले ल्याउन लागेका थप तीस बसको प्रक्रिया अन्तिम चरणमा पुगेको र साउन महीनाभित्रै काठमाडौं आइपुग्ने साझाले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाको रु १० करोड शेयर लगानीमा साझाले भारतबाट ल्याउन लागेका थप नयाँ तीस बस निर्माण भइसकेको र अबको केही दिनमा बस नेपाल आइसक्ने साझा यातायातका कामु कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले जानकारी दिए ।

प्रमुख पाण्डेका अनुसार काठमाडौँको सहरी यातायात व्यवस्थित बनाउनका लागि ठूला बसको आवश्यकता महसुस भएकाले थप तीस ठूला बस ल्याउन लागिएको हो ।

साउन महिनाभित्रै सबै बस आइसक्ने र भदौको पहिलो साताबाट सञ्चालनमा रहेका १६ र नयाँ तीस बस गरी काठमाडौँ उपत्यकामा साझाका ४६ बसले नागरिकलाई सेवा दिनेछन् ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपका सबै बस अपाङ्गमैत्री छन् । जम्मा ४० सिट रहने उक्त बस शारीरिकरुपमा अशक्त व्यक्तिका लागि बसको पछिल्तिरको ढोकाबाट ह्विलचेयरसमेत राख्न र निकाल्न मिल्नेगरी निर्माण गरिएको छ । बस आपूर्तिको सबै जिम्मा अशोक लेल्यान्डले पाएको छ ।

लामो समय बन्द रहेर २०७० साल वैशाखदेखि पुनः सञ्चालनमा आएको साझा यातायातले विद्यार्थीका लागि रु १० र अन्य नागरिकका लागि रु १५ निर्धारित शुल्क लिँदै आएको छ ।

हाल सञ्चालनमा रहेका बसले नाकाबन्दी र विभिन्न बहानामा हुने गरेका बन्दको समयमा पनि नागरिकलाई निर्बाधरुपमा सेवा दिँदै आएकाले सङ्कटका बेला आमनागरिकको सहयोगी बन्दै आएको छ, साझा यातायात ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>