समाचारबिहीबार, साउन १३, २०७३

वीरगञ्जका उद्योगी हलन पक्राउ

हिमालखबर

bara_policeवीरगञ्जका उद्योगी मोहन हलनलाई नेपाल प्रहरीको लागु औषध अनुसन्धान व्यूरोले पक्राउ गरेको छ ।

बाराको गढीमाई–१० छातापिपरास्थित आर्या फार्मास्यूटिकल्सका सञ्चालक शंकर हलनका छोरा मोहित हलनलाई नेपाल प्रहरीको लागु औषध अनुसन्धान व्यूरोको केन्द्रिय टोलीले १२ साउन दिउँसो उद्योग परिसरबाट नियन्त्रणमा लिएको हो ।

प्रहरी स्रोतका अनुसार उद्योगी हलनले अवैध लागू औषधमा प्रयोग हुने केमिकलको कारोबार गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।

हलन पक्राउको कारण प्रहरीले नबताए पनि उनी पक्राउ परेको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले पुष्टी गरे ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...